बिजुलीको मूल्य दोब्बर बनाउन भारतको बार्गेनिङ, समकक्षीलाई ऊर्जा सचिव सिग्देलको फोन « Eglish Khabarhub

बिजुलीको मूल्य दोब्बर बनाउन भारतको बार्गेनिङ, समकक्षीलाई ऊर्जा सचिव सिग्देलको फोन


१३ चैत्र २०८०, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण नभएपछि ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जा सचिवलाई टेलिफोन गरेका छन् ।

भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बिजुली आयातको अनुमति नवीकरण नभएर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन लागेपछि सचिव सिग्देलले फोन गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सिग्देललाई बिफ्रिङ गरेका थिए ।

‘हामीले बिजुली ल्याउने अनुमति केहि दिन मात्रै बाँकी छ । अहिले प्रतिस्पर्धी बजारबाट ५ रुपैयाँ भारुमा पाइरहेका छौं । तर त्यहाँ नवीकरण गर्न सकिएन भने हामीलाई १० रुपैयाँ भारु पर्छ । ग्याँसको बिजुलीमा जादा धेरै महँगो पर्ने अवस्था छ’ ऊर्जा मन्त्रालयका एक इन्जिनियरले क्लिकमान्डुसँग भने, ‘त्यहाँका सचिवले भोली ऊर्जा मन्त्रीसंग छलफल गरेर निर्णय दिने बताएका छन् ।’ 

उनका अनुसार कुनै पनि हालतमा १० रुपैयाँ भारु (१६ रुपैयाँ) मा बिजुली किन्न नसकिने सिग्देलले प्रतिक्रिया दिएका छन् । भारतीय पक्षले उच्च तहमा छलफल नगरी कुनै निर्णय दिन नसक्ने बताएका छन ।

करिब ३ महिनादेखि प्रतिस्पर्धी बजारबाट आयात गर्न दिने अनुमति नवीकरणका लागि आनाकानी गर्दै आएको छ । अहिले प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६०० मेगावाटभन्दा बढी आयात गरिरहेको छ ।

२० अर्ब रुपैयाँको बिजुली आयात गर्नुपर्ने अनुमान छ । ‘दोब्बर मूल्यमा नेपालले बिजुली नै लिन सक्दैन भनेर सचिवले जानकारी गराउनु भएको छ । सम्भवत कुरा मिल्छ ,’ उनले भने, ‘हामी लोडसेडिङ गर्ने अवस्थामा हुदैनौ भन्नेमा ढुक्क छौं । उसले दिएन भने ग्राहस्तको पनि लाइन काटिने अवस्था आउछ ।’

भारतमा चुनाव रहेको बाहाना बनाएर महँगोमा बिजुली दिन खोजेको छ । प्रतिस्पर्धी बजारबाट बिडिङ गरेर ल्याउनका लागि भारतसंग सम्झौता भएको छ । ५ वर्षका लागि भएको यो सम्झौता हरेक वर्ष नवीकरण गर्नुपर्छ । मार्च ३१ (चैत १८ गते) यो सम्झौताको म्याद सकिदै छ। 

म्याद सकिनु अघि नै नवीकरण नभए नेपालले प्रतिस्पर्धी बजारमा बिडिङ गर्न पाउदैन । भारतबाट बिजुली आयात गर्न नसक्ने हो भने दैनिक १० घण्टासम्म लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने ऊर्जा मन्त्रालयका इन्जिनियरहरु बताउछन् । नेपाल विद्युत प्राधिकरणले सम्झौता नवीकरणका लागि तीन महिना अघि पठाएको चिठ्ठीमा भारतले कुनै प्रतिक्रिया नै दिएको छैन ।

नेपालको कुल जडित क्षमता ३००० मेगावाट पुगेको छ । तर अधिकांश नदी प्रवाहमा आधारित आयोजनाहरु रहेका छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ । सोही कारण आन्तरिक माग पूरा गर्न भारतको भर पर्नुपर्ने अवस्था छ । बर्खामा सरप्लस हुने बिजुली भारतले नकिनेर खेर फाल्नुपर्ने अवस्था छ । गएको बर्खामा भारतले अनुमति नदिएका कारण ५०० मेगावाट बिजुली खेर फाल्नु परेको थियो ।  

केहि महिनाअघि मात्रै नेपाल र भारतका बीचमा दिर्घकालीन विद्युत् व्यापार सम्झौता भएको थियो । जस अनुसार १० वर्षमा भारतले नेपालमा उत्पादन हुने १० हजार मेगावाट बिजुली लैजाने छ । दिर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई बिजुली दिन बार्गेनिङ गरेको बुझिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार ००:००  ७ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping