
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माण व्यवसायीलाई तत्कालै भुक्तानी उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २५ औं बार्षिकोत्सवलाई हेटौडामा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो माग गरेका हुन् ।
पूर्वाधार विकासतर्फ सरकारले भुक्तानी गर्न ढिलाई गरेकाले परियोजनाहरूको निर्माण समयमा सम्पन्न हुन नसकेको बताउदै अध्यक्ष ढकालले निर्माण व्यवसायीको सप्लाई चेन, बैंक किस्ता र श्रमिकको भुक्तानीलगायतमा ठूलो समस्या परेको जानकारी दिए ।
SHARE YOUR THOUGHTS