काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि लेखन समिति बनाएका छन् । मन्त्री पुनले अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता धनीराम शर्माको नेतृत्वमा बजेट टोली बनाएका हुन् ।
समितिमा रितेशकुमार शाक्य, महेश आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।
संविधानमा जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
SHARE YOUR THOUGHTS