![](https://internal.appharu.com/wp-content/uploads/2024/03/PR-on-Global-Money-Week-Campaign-photo-768x543.png)
काठमाडौं । एनआईसी एशिया बैंकले देशभरका करिब ६ हजार विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकका ३० भन्दा बढी शाखाबाट विभिन्न विद्यालयका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरेको जनाएको छ ।
बैंकको मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरुले यो यस अभियान अन्तर्गत विद्यार्थीहरुलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।
बैंक देशका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष रुपैयाँ २३ अर्ब ७ करोड भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड भन्दा बढी राजस्व सरकारलाई बुझाएको जनाएको छ ।
SHARE YOUR THOUGHTS