काठमाडौं । पर्यटकीय नगर पोखरामा रहेको मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा पौने १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा ७४ करो ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ९ करो८ ९० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ७ करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब १० करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब २२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।
सन् १९९४ मा भारतमा मनिपाल ग्रुपले स्थापना गरेको शिक्षण अस्पताल सरकारको नियम विपरित सन् २०२१ मा नेपाली लगानीकर्तालाई बिक्री गरेको थियो । मणिपालले सन् २०२१ मा बापो होल्डिङ प्रालिले २ अर्ब २४ करोड रुपैयाँमा लगानी गरी मणिपलसँग गाभिएको छ ।
पोखरामा १० हेक्टर क्षेत्रफलमा फैलिएको शिक्षण अस्पतालमा ५ सय शैय्याको सुविधा दिँदै आएको छ । शिक्षण अस्पतालले मेडिकल सम्बन्धी विभिन्न कोर्स पनि बढाउँदै आएको छ । मणिपलले एबीबीएस, बीएसी नर्सिङ र पोस्ट ग्राज्युएड कोर्स पढाउँदै आएको छ ।
बतास ग्रुपको ६० प्रतिशत र अटोवेज ग्रुपको ४० प्रतिशत सेयर कायम हुनेगरी जग्गासहितको संरचना खरिद गरेको थियो । आनन्दराज बतास अध्यक्ष रहेको कम्पनीले कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ९५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
प्रतिक्रिया