नेपालबाट सिधा बंगलादेश प्रसारणलाइन बनाउन प्रस्ताव, बंगलादेश लगानी गर्न तयार « Eglish Khabarhub

नेपालबाट सिधा बंगलादेश प्रसारणलाइन बनाउन प्रस्ताव, बंगलादेश लगानी गर्न तयार


१८ चैत्र २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालबाट सिधा प्रसारणलाइन निर्माण गर्न बंगलादेशले प्रस्ताव गरेको छ ।

नेपालबाट भारत हुँदै बंगलादेशसम्म सिधा ‘डेडिकेटेड’ प्रसारणलाइन निर्माणको प्रस्ताव गरिएको हो । बंगलादेशका ऊर्जा, खनिज स्रोत राज्यमन्त्री नसरु हमिदले ५० किलोमिटरभन्दा कम प्रसारणलाइन निर्माण गरे पुग्ने बताए ।

बंगलादेशस्थित नेपाली राजदूतावासले ढाकामा लगानी सम्मेलन अघि आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री नसरु हमिदले नेपालबाट बंगलादेश स्वच्छ ऊर्जा ल्याउने ठूलो सम्भावना रहेको बताए ।

‘हामी नेपालबाट भारत हुदै बंगलादेशसम्म सिधा प्रसारणलाइन निर्माण गर्न चाहान्छौं । हामीले भारतसंग धेरै पटक विभिन्न मिटिङ र छलफलहरु गरिसकेका छौं । हामीले हाम्रो आइडिया सेयर गरेका छौं । उनीहरुले अनुमति दिने हाम्रो अपेक्षा छ, राज्यमन्त्रीले भने, ‘अब मिटिङभन्दा पनि एक्सनमा जानुपर्ने समय भएको छ । यहि वर्षभित्र केहि हुन्छ ।’

नसरु हमिद

बंगलादेशले जलावायु सम्बन्धी पेरीस सम्झौतामा गरेको वाचा पूरा गर्न नेपालको स्वच्छ ऊर्जा लैजान खोजिरहेको छ। बगंलादेशले सन् २०४१ सम्म ४० प्रतिशत स्वच्छ ऊर्जाको प्रयोग गर्ने वाचा गरेको छ । ‘नेपाल बंगलादेशका लागि मूल्यवान देश हुन सक्छ, ‘ राज्यमन्त्रीले भने, ‘ ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना छ ।’

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपालको अपार जलविद्युत उत्पादन सम्भावनाले बंगलादेशको बढिरहेको स्वच्छ ऊर्जाको माग पूरा गर्ने बताए ।

‘नेपाल र बंगलादेशबीच ४० मेगावाटबाट विद्युत् व्यापार सुरु गर्ने तयारीमा छौ,’ उनले भने, ‘ बंगलादेशले ६८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत् आयोजना र भारतीय कम्पनी जीएमआरले लिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट बिजुली बंगलादेश लैजान सम्झौता गर्ने सहमति भएको छ ।’

सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको अध्ययन पूरा भइसकेको छ । नेपाल र बंगलादेशबीचको पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकले सयुक्त कम्पनी बनाएर निर्माण गर्ने निर्णय गरेको छ । १६० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाको बंगलादेशका प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण समेत गरिसकेको छ । बंगलादेशसंग मिलेर निर्माण गर्नेभन्दै यो आयोजनाको लाइसेन्स विद्युत विकास विभागबाट नेपाल विद्युत् प्राधिकरणले लिएको छ ।

९०० मेगावाटको माथिल्लो कर्णाली करिब १० वर्ष पहिले भारतीय कम्पनी जीएमआरले लिएको हो । यो आयोजनाको ठोस काम सुरु हुन सकेको छैन । अहिले जीएमआर एक्लैलै नसक्ने भएपछि भारत सरकार स्वामित्वको सतलज जलविद्युत निगमलाई भित्र्याएको छ । निजी कम्पनीले निर्माण गर्न नसकेपछि सरकारी कम्पनी भित्र्याएको हो ।

बंगलादेशका राज्य मन्त्रीले भने जीएमआरले ढिला गरिरहेको गुनासो गरे । ‘हामीले भारतबाट विद्युत् ल्याउन सुरु गरेका छौं । २६५० मेगावाट विद्युत् विभिन्न स्रोतहरुबाट थप भएका छन् । जसमा हाइड्रो र केहि जिवाश्म इन्धनहरु रहेका छन् ,’ उनले भने, ‘ तर लक्ष्य अनुसार ४० प्रतिशत स्वच्छ ऊर्जा भविष्यमा प्रयोग गर्ने हो । स्वच्छ ऊर्जा भनेको नवीकरणीय ऊर्जा हो तरु हामीले न्युक्लियर पावरबाट पनि स्वदच्छ ऊर्जा प्राप्त हुने अपेक्षा गरेका छौं । न्युक्लियर पावर अर्को वर्षबाट आउनेछ ।’

उनले बंगलादेशको वर्तमान सरकार वातावरणको विषयमा गम्भीर भएको बताए । उनले प्रधानमन्त्री शेख हसिनाले पेरीस जलावायु वाचा पूरा गर्ने गरी काम भइरहेको बताए ।

उनले बंगलेदश सयुक्त प्रसारणलाइनमा लगानी गर्न तयार रहेको बताए । यसबारे सरकारले निर्णय गरिसकेको उनको भनाई छ।

नेपालमा सुक्खायाममा बिजुलीको उत्पादन घट्छ । उक्त समय बंगलादेशले बिजुली समेत दिन सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार ००:००  ४ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping