![](https://internal.appharu.com/wp-content/uploads/2024/03/PDMO-768x409.jpg)
काठमाडौं । आन्तरिक ऋण निष्काशनको काम नेपाल राष्ट्र बैंकले नगर्ने भएको छ । नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन भोलिदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुने भएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलको निर्णय आन्तरिक ऋण व्यवस्थापन प्रणाली (डोम्स)को आधारमा गर्नेछ । केन्द्रीय बैंकले आन्तरिक ऋणमा सहभागीहरुले डोम्स र ओबीएसएस दुवैमा बोलकबोल पेश गर्न पनि भनेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गरेको डोम्स र राष्ट्र बैंकले सञ्चालनमा ल्याएको आरटीजीएस प्रणालीमा रियल टाइममा कारोबार राफसाफ गर्न दुई संस्थाबीच सम्झौता भइसकेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ र नियमावली २०८० कायान्वयनमाा आएसँगै आन्तरिक ऋणको काम सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्न लागेको हो ।
यसैबीच मंगलबार १३ अर्ब ५ करोडको ट्रेजरी बिल्स बिक्री हुँदैछ । कार्यालयले ७ अर्ब ७५ करोडको ९१ दिने र ५ अर्ब ३० करोडको १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/RTGS-agreement-768x412.jpg)
प्रतिक्रिया