समस्याग्रस्त शेयर मार्केट चलाउन ५ जनाको नाम सर्टलिस्ट « Eglish Khabarhub

समस्याग्रस्त शेयर मार्केट चलाउन ५ जनाको नाम सर्टलिस्ट


१८ चैत्र २०८०, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको चलाउन संयोजक माग गरिएकाेमा ५ जनाको नाम सर्टलिस्ट भएको छ । व्यवस्थापन समुहको संयोजक पदको लागि नेपाल राष्ट्र बैंकले आवेदन माग गरेकामा ५ जनाको नाम सर्टलिस्ट गरिएको हो ।

केन्द्रीय बैंकका अनुसार प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी र गोबिन्द प्रसाद शर्माले व्यावसायिक कार्ययोजनाकाे प्रस्तुती दिनेछन् ।

राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी व्यवस्थापन तथा सञ्चालनका लागि भन्दै फागुन १४ गते आवेदन माग गरेकाेमा कसैले आवेदन नदिएपछि चैत ७ गते पुनः सूचना निकालेको थियो । नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागको छनोट समितिको सचिवालयले संयोजक पदमा आवेदन माग गरेको थियो ।

दुई जना व्यक्ति रहने व्यवस्थापन समूहमा एक जना संयोजक माग गरिएकामा चैत १३ गते मंगलबार कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्नुपर्ने थियो ।

संयोजकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने भन्दै बैंकिङ विज्ञलाई कम्पनीको व्यवस्थापन समूह संयोजक बनाउने गरी आवेदन माग गरिएको थियो ।

संयोजकको सेवा अवधि एक वर्ष हुनेछ । आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६-६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने जनाइएको छ । पारिश्रमिक तथा अन्य सुविधाहरूमा १ लाख २६ हजार ३०० रुपैयाँ हुनेछ । दशैं खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ भने त्यस बाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार ००:००  ५ : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping