![](https://internal.appharu.com/wp-content/uploads/2018/02/Tourists.jpg)
काठमाडौं । पर्यटकीय सिन शुरु भएसँगै नेपालमा पर्यटक आगमन २८ प्रतिशतले बढेको छ । सन् २०२४ को मार्चमा नेपालमा सवा लाख पर्यटक आएका छन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा मार्च महिनामा १ लाख २८ हजार १६७ जना पर्यटक आएका छन । यो संख्या गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा २८.९ प्रतिशत अर्थात २८ हजार ७३९ जनाले बढेको छ । गत वर्ष यही अवधिमा ९९ हजार ४२६ पर्यटक नेपाल आएका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/tourist_march-768x432.jpg)
नेपालमा पर्वतीय पर्यटनको सिनज शुरु भएको छ । पर्वतारोहण, पदयात्रा तथा दृश्यावलोकनमा आउनेका लागि मार्च महिनादेखि नै पर्यटकीय सिजन शुरु भएकोले आगमन बढेको देखिएको छ ।
अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा एसियाली मुलुक (सार्क)बाट ४० हजार ७२८ पर्यटक आएका छन । नेपालमा भित्रने पर्यटकमा यही समूह अन्तर्गत भारतबाट सबैभन्दा बढी पर्यटक आएका छन् । भारतबा एकै महिनामा ३० हजार ६९८ जना पर्यटक आएको तथ्यांकले देखाएको छ ।
नेपाल आउने पर्यटकको दोस्रो सूचीमा चीन छ । चीनबाट मार्च महिनामा १२ हजार ९३ जना पर्यटक नेपाल आएका छन् । नेपाल आउने खर्चालु पर्यटक मानिने अमेरिकाबाट १० हजार ७६३ आएका छन ।
युरोपेली मुलुकबाट २७ हजार पर्यटक मार्च महिनामा नेपाल घुम्न आएको तथ्यांकले देखाउँछ । युरोपबाट नेपाल आउने पर्यटकमा सबैभन्दा बढी जर्मनीबाट ५ हजार २६३ जना आएका छन् ।
SHARE YOUR THOUGHTS