![](https://internal.appharu.com/wp-content/uploads/2023/08/home-mistry-768x446.jpg)
काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ ।
मन्त्रालयले बुधवारको निर्णयअनुसार ९ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ ।
गृहमन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय भोजपुरमा रहेर काजमा गृहमन्त्रालयमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतमा सरुवा गरिएको छ भने इलाका प्रशासन कार्याल साँखुमा रहेकी उपसचिव सिता परियारलाई अध्यागमन कार्यालय विमानस्थलमा सरुवा गरिएको छ ।
त्यस्तै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत झंकनाथ ढकाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीमा रहेका रेवतीरमण शर्मालाई अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा वरिष्ठ अध्यागमन अधिकृत/निर्देशकमा काज सरुवा गरिएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/saruwa.png)
SHARE YOUR THOUGHTS