काठमाडौं । पर्यटन सिजन सुरु भएसँगै आगमनमा उत्साह थपिएको छ । मार्चमा एक महिनामा नै सवा लाख पर्यटक नेपाल आएका छन भने उक्त महिना पर्वतारोहणको अनुमति लिने सिजन पनि हो ।
पर्वतारोहणमा जानेहरुबाट मार्च महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले १० करोड ५५ लाख रुपैयाँ पर्वतारोहण रोयल्टी संकलन गरेको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ को मार्च महिनाभरमा ७९ लाख ३८ हजार डलर रोयल्टी संकलन भएको छ ।
विभागका अनुसार विभिन्न ९ वटा हिमालको आरोहणमा जाने १४८ पर्यटकले उक्त रोयल्टी तिरेका हुन । गत महिना मार्चमा सबैभन्दा बढी आरोहणको अनुमति लिनेमा सगरमाथाको लागि छ । सगरमाथा जान ६३ जनाले अनुमति लिइसकेका छन । यो संख्या जम्मा ५ वटा टीमको मात्रै हो ।
विभागका अनुसार मार्च महिनामा मात्रै १७ टिमका १०६ पुरुष र ४२ महिलाले आरोहणका लागि अनुमति लिएका छन । आरोहणमा जानेले सबैभन्दा बढी रोयल्टी सगरमाथाकै लागि तिरेका छ । सगरमाथा जान ९ करोड ११ लाख रुपैयाँ रोयल्टी तिरेको पनि विभागले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS