
काठमाडौं । निरन्तर बढेको सुनको मूल्यले अहिले विश्वबजार तताएको छ । हरेक दिन नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
अन्तराष्ट्रिय बजारको आधारमा तय हुने मूल्यले एकपछि अर्को रेकर्ड बनाउँदै जाँदा बजार नै आतङ्कित बनाएको छ । अन्तराष्ट्रिय बजारअनुसार सुनको मूल्य तय हुने भएकाले यो वर्षको वैशाखदेखि हालसम्ममा प्रतितोला २४ हजार रुपैयाले बढेको पाइएको छ ।
वैशाखको सुरुवातमा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । चैतसम्ममा आइपुग्दा २४ हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।
२०८० को पहिलो महिना वैशाखको सुरुवातीमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार वैशाखमा सुनको मूल्य घटबढ भई प्रतितोला अधिकतम सुनको मूल्य १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
जेठमा सुनको मूल्य बढेर प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । सो महिना सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँदेखि १ लाख १३ हजार ३ सय रुपैयाँसम्म कारोबार भएको महासंघको तथ्याङ्कले उल्लेख गरेको छ । असारमा सुनको मूल्य घटबढ भइ प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँदेखि १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
साउनमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँदेखि १ लाख १३ हजार ६ सय रुपैयाँ कामय भएको थियो । भदौमा पनि सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँदेखि १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको महसंघको तथ्याङ्कले देखाएको छ । असोजमा भने घटेर १ लाख २ लाख ६ हजार ९ सय रुपैयाँदेखि १ लाख १३ हजार रुपैयाँ कायम भएको थियो ।
कार्तिकमा भने सुनको मूल्य बढेर नयाँ-नयाँ रेकर्ड बनाएको देखिन्छ । कार्तिकमा १ लाख १३ हजार रुपैयाँबाट बढेर १ लाख १५ हजार ५ सय रुपैयाँ, १ लाख १६ हजार र १ लाख १७ हजार रुपैयाँसम्म बढेर नयाँ रेकर्ड कायम भएको थियो । महासंघको तथ्याङ्कमा उक्त महिनामा १ लाख १३ हजार २ सय रुपैयाँदेखि १ लाख १७ हजार रुपैयाँ कायम भएको थियो ।
मंसिरमा पनि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाएको थियो । सो महिना सुनको मूल्य बढेर १ लाख २१ हजार ६ सय रुपैयाँसम्म कायम भएको थियो । त्यस्तै पुसमा पुन: सुनको मूल्य बढेर १ लाख २२ हजार रुपैयाँसम्म कायम भएको पाइन्छ ।
माघमा भने सुनको मूल्य घटबढ भई १ लाख १७ हजार ५ सय रुपैयाँदेखि १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । फागुनमा सुनको मूल्यले नयाँ-नयाँ इतिहास कायम भएको थियो । फागुनमा तेस्रो हप्तादेखि लगातार सुनको मूल्य बढेको थियो। फागुनमा सुनको मूल्य प्रतितोला लाख २३ हजार ५ सय रुपैयाँ, १ लाख २५ हजार रुपैयाँ र १ लाख २६ हजार रुपैयाँसम्म कायम भएको थियो ।
त्यसैगरी चैत महिनामा लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । चैतमा सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँबाट बढेर १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । चैतको ८ गते १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य सो बेलासम्मकै उच्च थियो ।
महासंघअनुसार चैत १५ गते १ लाख २७ हजार ९ सय रुपैयाँ, चैत १६ गते १ लाख ३० हजार रुपैयाँ, चैत १९ गते १ लाख ३१ हजार ६ सय रुपैयाँ, चैत २१ हजार १ लाख ३३ हजार रुपैयाँ र बिहीबार १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS