काठमाडौं । बाराको सिमरा विमानस्थलमा भिजिबिलिटी कम भएका कारण उडान तथा अवतरण हुन सकेको छैन ।
विमानस्थल वरपर डेढेलो तथा खेतमा राखिएको परालमा लगाएको आगोका कारण निस्कएको धुवाका कारण भिजिबिलीटी नै नपुगेका कारण उडान हुन नसकेको आन्तरिक वायुेवा कम्पनीले बताएका छन् ।
अन्य विमानस्थलमा भने उडान तथा अवतरणमा कुनै समस्या छैन । काठमाडाैबाट हुने सिमराबाहेकको सबै उडान नियमित सुचारु रहेकाे विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS