![](https://internal.appharu.com/wp-content/uploads/2024/04/tailg-1-768x576.jpg)
काठमाडौं । योम माई मोटर्सले नेपालमा नै पहिलो पटक विद्युतीय स्कुटरमा १ लाख किलोमिटर वारेन्टि दिने घोषणा गरेको छ । कम्पनीले टेल्जी स्कुटरमा ग्राहकले १ लाख किलोमिटरसम्म वारेण्टी दिने घोषणा गरेको हो ।
यो कम्पनीले विगत ५ वर्षदेखि नेपाली बजारमा दुईपाँङग्रे इलेक्ट्रिक सवारीसाधन बिक्री गर्दै आएको छ । कम्पनीका निर्देशक संजिव शिल्पकारले नेपालमा नै पहिलो पटक दुईपाँग्रेमा १ लाख किलोमिटर वारेन्टी प्रदान गर्न लागेको दाबी गरे ‘हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आइरन फोस्फेट ब्याट्रीलाई लामो समयसम्म परिक्षण गरेर हामीले १ लाख किलोमिटर वारेण्टी दिने भएका हौं,’ उनले भने,’अब हाम्रा ग्राहकले ढुक्क भएर स्कुटर किन्न र चलाउन सक्नेछन् ।’
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/tailg-4-768x576.jpg)
कम्पनीका अनुसार ५ वर्ष वा १ लाख किलोमिटर जुन पहिला हुन्छ त्यसमा वारेण्टी लागू हुने छ। यस्तो वारेण्टीले ग्राहक वर्गमा रहेको ब्याट्री फेर्दा धेरै खर्च लाग्छ भन्ने भ्रम चिर्ने कम्पनीको विश्वास छ ।
सामान्यतया एक स्कुटरको आयू नै एकलाख किलोमिटर हुने कम्पनीको दाबी छ । ‘हामीले किफायती मूल्यमा स्कुटर उपलब्ध मात्र नगराएर हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेगरि सर्भिसको काम गर्दै आएका छौ । यसमा पनि हामीले अब १ लाख किलोमिटर वा ५ वर्ष जुन पहिला पुग्छ त्यसको आधारमा ब्याट्रीमा वारेण्टी दिन लागेको हौं,’ उनले भने ,’ यसले ग्राहकलाई निकै फाइदा पुग्नेछ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/tailg-2-1-768x576.jpg)
कम्पनीले अपडेट सहित ल्याएको टेल्जी लायन स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मुथ एशिलरेशन, ब्राइटर (म्याट्रिक्स) हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट की लगायत फिचर रहेको छ ।
टेल्जी लायनमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक रहेको छ । यसलाइ एकपटक फुल चार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यो स्कुटरलाई घरमा ३ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/TAILG-444-768x576.jpg)
टेल्जी लायन नयाँ भर्सनमा ब्लुटूथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसका अलावा की-लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरू समावेश छन् ।
टेल्जी ब्रान्ड चीनमा तीन भित्र पर्ने ब्रान्ड हो । यी स्कुटरको मल्य ३ लाख ३३ हजार रुपैयाँ रहेको छ । नयाँ वर्षको अवसरमा १८००० रुपैयाँ क्यास ब्याकको अफर रहेको कम्पनीले जनाएको छ । ‘बजारमा दुईपाङग्रे सवारीसाधन ल्याउने र हराउने प्रवृत्ति छ । जसले ग्राहकहरुमा अविश्वास बढेको छ, ‘ शिल्पकारले भने, ‘उहाँहरुले कम्पनी बुझेर मात्रै खरिद गर्नुपर्छ । सबै हिसाबले टेल्जी भरपर्दो छ ।’
SHARE YOUR THOUGHTS