काठमाडौं । आज तीन जलविद्युत कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् ।
आज मैलुङ्ग खोला जलविद्युत कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सभा बोलाएका छन् ।
मैलुङ्ग खोलाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रताव गरेको छ । हिमाल दोलखा हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावरले सेयरधनीको हात खाली बनाएका छन् ।
मैलुङ्ग खोलाले गत आवको नाफाबाट २.२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउन सक्नेछन् ।
हिमाल दोलखा हाइड्रोपावरको आज एकैपटक २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । तै पनि सेयरधनीलाई लाभांश भने छैन । सभामा आव २०७८/०७९ र २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । सभा प्रयोजनका लागि चैत १८ गते बुक क्लोज गरिसकेको छ । चैत १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले पनि आज सभा बोलाएको छ । यो कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले हकप्रद भने १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ । सभामा आव २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्ध गर्ने, आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउने छन् ।
SHARE YOUR THOUGHTS