![](https://internal.appharu.com/wp-content/uploads/2024/04/sbi-bank-768x498.jpg)
काठमाडौं । नेपाल एसबिआई बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ ।
बैंकले ऋणपत्रको बिक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षले सम्झौता गरेका छन् ।
सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायत नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS