![](https://internal.appharu.com/wp-content/uploads/2017/12/loadshedding.jpg)
काठमाडौं । काठमाडौंका केही स्थानमा बुधबार(आज) देखि चारदिन दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको मर्मत गर्न लागेका बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी र कारखाना चोकमा विद्युत् अवरुद्ध हुने छ ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्याङ, ठूलो भर्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजारलगायत स्थानमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।
SHARE YOUR THOUGHTS