![](https://internal.appharu.com/wp-content/uploads/2021/06/jyoti-development-bank-1.jpg)
काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
चैत मसान्तसम्म बैंकको नाफा २४.३९ प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा बैंकले २० करोड १६ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको नाफाका साथै वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २८ करोड ६६ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी बढेको भएपनि सञ्चालन नाफामा गिरावट आएको छ । गत आवको चैत मसान्तमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६७ करोड ७५ लाख ५ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा १ अर्ब ७० करोड ६८ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन नाफा गत चैतमा २८ करोड ७८ लाख ८६ हजार रुपैयाँ रहेकामा चालु आवको सोही अवधिमा २२ करोड ७ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
६३ अर्ब ४२ करोड ५४ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५० अर्ब ७३ करोड १३ लाख ८९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ४.९७ प्रतिशत पुगेको रहेको छ । गत आवको सोही अवधिमा ३.८९ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS