काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
गत वैशाख ४ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भई इतिहास कायम गरेको थियो ।
उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बिहीबार प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर नयाँ इतिहास कायम गरेको छ ।
शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । साथै शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS