![](https://internal.appharu.com/wp-content/uploads/2022/01/elon-musk-tesla.jpg)
काठमाडौं । टेस्लाले शनिबार पूर्ण सेल्फ–ड्राइभिङ (पूर्ण स्वचालित) ड्राइभर सहायक सफ्टवेयरको मूल्य १२ हजार अमेरिकी डलरबाट घटाएर ८ हजार अमेरिकी डलर बनाएको छ । टेस्लाको सीईओ एलोन मस्कले अमेरिकामा मूल्य घटाएको पुष्टि गरेका छन् ।
मस्कले यो प्रविधि विश्वका गाडि निर्माताका लागि सबैभन्दा मूल्यवान आम्दानीको प्रमुख स्रोत बन्ने दावी गरेका छन् ।
टेस्लाले विश्वका प्रमुख बजारहरूमा आफ्नो गाडिको मूल्य पनि घटाउँदै आएको छ । घट्दो बिक्री तथा विद्युतीय सवारीसाधनको बढ्दो मूल्य युद्धको कारण टेस्लाले चिनीयाँ बजारमा टेस्लाको मूल्यमा करिब २ हजार अमेरिकी डलर घटाएको छ । यसअघि टेस्लाले अमेरिकमा आफना गाडिको मुल्य घटाएको कारण चीनमा पनि मूल्य घटाउन बाध्य भएको हो ।
यसैगरि, टेस्लाले अगस्ट ८ मा आफ्नो रोबोटट्याक्सी अनावरण गर्ने पनि मस्कले बताएका छन् ।
टेस्लाले यसको चालक सहायक सुविधाहरू अटोपायलट (स्वचालित) बताए तापनि यसलाई सक्रिय चालक सुपरिवेक्षण चाहिने जनाइएको छ ।
SHARE YOUR THOUGHTS