![](https://internal.appharu.com/wp-content/uploads/2024/04/madhu-marasini-768x440.png)
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा मधुकुमार मरासिनीलाई दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेकाे छ ।
नेसनल पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि सचिव मरासिनी निलम्बनमा परेका थिए । अख्तियारले मुद्दा दर्ता गर्दा मरासिनी प्रधानमन्त्री कार्यालयका सचिव थिए । सहसचिव हुँदा लामो समय अर्थमन्त्रालय बसेका मरासिनी सचिव भएर पनि अर्थमन्त्रालयमा काम गरिसकेका छन् ।
अदालतले उनलाई सफाइ दिएपछि मरासिनिको निलम्बन फुकुवा भएसँगै सरकारले फेरि अर्थ मन्त्रालयको जिम्मेवारी दिएको हो ।
SHARE YOUR THOUGHTS