मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारी राजाको नेपाल भ्रमण

कतारी अमिर पूर्वराजा ज्ञानेन्द्रको होटलमा बस्ने, सबैभन्दा महँगो कोठा दुई दिनलाई बुक, भेटवार्ता द्वारिकाजमा


काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका कतारी राजाको बसाइँ दुई दिनसम्म ताहाचलको पाँचतारे होटल सोल्टीमा हुनेछ ।

कतारी राजाको लागि होटलको सबैभन्दा महंगो कोठा प्रेसिडेन्टल रुम बुक भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको लगानी रहेको सोल्टी होटलमा कतारका राजा बस्ने भएपछि दुई दिनका लागि होटलका सबै महँगा कोठा बुक भएका छन् ।

होटलमा सबैभन्दा महंगा कोठाको दर एक दिनको करिब ४ हजार डलर राखिएको छ । यो रकम नेपाली रुपैयाँमा करिब ५ लाख २८ हजार रुपैयाँ हुन्छ । सोल्टी होटलमा २८२ वटा कोठा छन् । यसमध्ये ६ वटा प्रेसिडेन्टल सुइट रुम रहेका छन् ।

कतारी राजाको नेपाल भ्रमणको सम्मानमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ । विदेशी राष्ट्रप्रमुखको पहिलो भ्रमणमा विगतमा सार्वजनिक बिदा दिने अभ्यास भएकोले कतारी राजा आउँदा पनि सरकारले बिदा दिएको जनाइएको छ ।

कतारी राजा थानीको सम्मानमा राष्ट्रपति पौडेलले रात्रीभोज दिँदै छन् । उक्त भोज सोल्टीमा हुँदैछ ।

बुधबार थानीसँग प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेट र औपचारिक रुपमा हुने दुइपक्षीय वार्ता भने बत्तिसपुतलीमा रहेको होटल द्वारिकाजमा हुनेछ ।