इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा


नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाइसी लिने प्रकृया जारी गरेको छ ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ । केवाइसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाइसी को अवधारणा ल्याएको छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल मार्फत पेश गरे पश्चात् ई एप्लिकेसन डिक्लेरेसन फर्म मा आवश्यक विवरणहरु भरी कअबल गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ ।

प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।
यस भिडियो केवाइसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौं । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ ।