
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रणाली सुधारका लागि स्युचाटारदेखि बालाजु सबस्टेसनसम्मको विभिन्न स्थानको ३ दिनसम्म लाइन काट्ने भएको छ ।
प्राधिकरणले आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी प्रसाइलाइनमा नयाँ कन्डक्टर (तार) फेरेर मर्मत गर्न लागेको हो । भरपर्दो र गुणस्तरीय बिजुली प्रवाहका लागि प्राधिकरणले प्रणाली सुधार गर्न लागेको हो ।
प्राधिकरणका अनुसार र फेर्नका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सीतापाइला फिडर अन्तर्गत सोल्टी दोबाटो, मुसलमान टोल, ज्योती एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्रमा लाइन काटिनेछ।
सोही दिन इचंगु फिडर (कुलेश्वर वितरण केन्द्र) मातहत सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्याङ, ठूलो भर्याङ, कामना स्कुल र अन्नपुर्ण चोक क्षेत्र, एलटी लाइन(कुलेश्वर वितरण केन्द्र) ढुंगेधारा, क्लब घर र तरकारी बजार ( बालाजु सबस्टेसन पछाडी) क्षेत्रमा लाइन काटिनेछ ।
सोमबार र मंगलबार सीतापाइला फिडर अन्तर्गत बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सोल्टी दोबाटो, मुसलमान टोल, ज्योती एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोक क्षेत्र लाइन काटिने प्राधिकरणले जनाएको छ ।
SHARE YOUR THOUGHTS