गर्मी बढेसँगै क्रम्प्टनको नयाँ पंखाहरू साथै कुलरको माग बढ्दो « Eglish Khabarhub

गर्मी बढेसँगै क्रम्प्टनको नयाँ पंखाहरू साथै कुलरको माग बढ्दो


१८ बैशाख २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालमा क्रम्प्टन एप्लायन्सको आधिकारिक वितरक चौधरी ग्रुपले नेपालमा आफ्ना विविध पंखा र कुलरहरू नेपाली बजारमा ल्याएको छ ।

नेपाली उपभोक्ताहरूको विविध आवश्यकता र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका पंखामा – सिलिङ् फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान र एक्जस्ट फ्यान समावेश छन् । प्रत्येक पंखाले बेजोड प्रदर्शन, शैली र विश्वसनीयता प्रदान गर्न प्रयास गरेको कम्पनीले जनाएको छ ।

स्टाइलिश डिजाइन र ऊर्जा–कुशल कार्यसम्पादनको साथ, क्रम्प्टन सिलिङ् फ्यानहरू कुनै पनि घरको लागि उत्तम हुन्छ साथै आराम र भव्यता दुवै प्रदान गर्दछ । इकोनोमिक सिलिङ् फ्यान सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज ग्यालप, पवन, अल्फा ब्रिज, विन्जर, कूल ब्रीज र सी विन्ड छन् । डेकोरेटिभ सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज मोन्टानिया, अरिया ब्रिज प्राइम र सुपर एयर डेको छन् ।

आधुनिक डिजाइनको साथ, क्रम्प्टन स्ट्यान्ड फ्यानले शीतलता र हावा परिसंचरण प्रदान गर्दा कुनै पनि कोठामा सुन्दरता थप्छ । स्ट्यान्ड फ्यान वर्गमा क्रम्प्टनसँग गेल क्लासिक, हाई फ्लो नियो, स्टोर्म २ र ब्रिजस्टार फराटा छन् ।

सीमित फ्लोर स्पेस भएका कोठाहरूको लागि आदर्श, क्रम्प्टन वाल फ्यानले घरको ठाउँ नलिइकन कुशल कूलिङ प्रदान गर्दछ । वाल फ्यानमा, क्रम्प्टनले गेल क्लासिक, हाई–स्पीड टोर्पेडो र हाई फ्लो नियो उपलब्ध छन् । यसको स्पेस–सेभिंग डिजाइन, वाल फ्यान भान्सा, शयनकक्ष र हलवेहरूको लागि उपयुक्त हुन्छ ।

क्रम्प्टनका एक्सहस्ट फ्यानहरू आधुनिक घरपरिवार र व्यावसायिक स्थानहरूको विविध आवश्यकताहरू पूरा गर्न सावधानीपूर्वक बनाइएका छन् ।

भान्साकोठामा खानाको गन्ध हटाउन, बाथरुममा चिस्यान कम गर्न वा कार्यशालाहरूमा हावाको गुणस्तर सुधार गर्न, क्रम्पटन एक्सहस्ट फ्यानहरू कुनै पनि वातावरणमा असाधारण परिणामहरू प्रदान गर्न इन्जिनियर गरिएका छन् । यसमा, क्रम्प्टनको ड्रिफ्ट एयर प्लस (मेटल बडी र मेटल ब्लेडसहित) जुन ६, ९ र १२ इन्च साइजमा उपलब्ध छ भने ब्रिस्क एयर नियो (टिकाउको लागि हल्का बडी) जुन ६, ८ र १० इन्च गरी तीन साइजमा उपलब्ध छन् ।

त्यसै गरी कुलरमा, डेसर्ट एयर कुलरमा अप्टिमस ६५, कूल ब्रिज ड्याक ५३/८०, ओजोन ५५/७५, ओजोन क्लासिक एच ५५, जेलस ड्याक २८/४३, गेल ड्याक ६०/९०; टावर एयर कुलरमा, अप्टिमस निओ ३५/३५आइ/ ५२; पर्सनल एयर कुलरमा, जेडी प्याक २२/३५ र विन्डो एयर कुलरमा अप्टिमस क्लासिक ७० मोडेल उपलब्ध छन् ।

पंखाको साथसाथै यो गर्मी मौसममा, क्रम्प्टनको कुलरको माग बढ्दो छ । क्रम्प्टनका पंखा र कुलरहरू आकर्षक रंगमा सर्वत्र बजारमा उपलब्ध छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार ००:००  १२ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping