नेपालको चिया विश्वमै उत्कृष्ट, जित्यो ‘ग्राण्ड च्याम्पियन’ को उपाधि « Eglish Khabarhub

नेपालको चिया विश्वमै उत्कृष्ट, जित्यो ‘ग्राण्ड च्याम्पियन’ को उपाधि


१८ बैशाख २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भारतले नेपालको चिया गुणस्तरहीन भएको आरोप लगाइरहँदा नेपाली चिया विश्वमै उत्कृष्ट ठहरिएको छ ।

वर्ल्ड टी एक्सपो २०२४ मा नेपालको चिया विश्वमै उत्कृष्ट ठहरिएको हो । अमेरिकाको लस भेगासमा सम्पन्न भएको थियो । यो एक्सपोमा नेपालको तर्फबाट इलामको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले सहभागिता जनाएको थियो ।

अमेरिकास्थित वर्ल्ड टी एक्सपो डट कमकाअनुसार यो वर्ष विश्वकै सबैभन्दा उत्कृष्ट चियाको पुरस्कार ‘ग्राण्ड च्याम्पियन’ को उपाधि नेपालको सिद्धदेवी टी स्टेट प्राइभेट लिमिटेडले प्राप्त गरेको छ ।

यो बाहेक यो कम्पनीले ‘वेस्ट लिकर’, ‘वेस्ट व्हाइट टी’ र ‘मौलिक उत्पादन’ विधाको उपाधिसमेत प्राप्त गरेको छ । पाँचथर र इलामको सीमाना रहेको यो टी स्टेटले ग्रिन टी, ब्ल्याक टी, व्याइट टीलगायत उत्पादन गर्दै आएको छ ।

यो सिद्धदेवी टी स्टेटले नेपालको तर्फबाट एक्लो सहभागिता जनाएको थियो । व्हाइट टी बिद्यामा सहभागिता जनाएको थियो ।

यो एक्सपो चिया उद्योगहरुको विश्वमै सबैभन्दा ठूलो भेला मानिन्छ । यो एक्सपोमा विश्वका उत्कृष्ट प्रयोगशालाबाट चियाको नमूना परीक्षण र टी टेस्टरले स्वाद चाखेर चियाको गुणस्तर घोषणा गर्छन् ।

विशेषज्ञ न्यायाधीशहरुको प्यानलद्वारा स्टेजमा पातको शैली, मेक, कप क्यारेक्टर, रक्सीको उपस्थिति, समग्रमा फिनिशको अवस्थालगायतका बिषयमा मूल्याँकन गरी नम्बर प्रदान गर्छन । सोही नम्बरको आधारमा उत्कृष्ट चियाको घोषणा गरिने व्यवस्था छ ।

‘बेभरेज च्यालेन्जले विविधता, स्वादमा नवीनता र चियाको कलात्मकतालाई झल्काउँछ,’ अमेरिकाको बार एन्ड रेष्टुरेन्ट समूहका उपाध्यक्ष टिम म्याकलुकासले भने,‘यो उत्साहजनक प्रतिस्पर्धामा यस्ता गुणस्तरीय उत्पादनहरू प्रदर्शन गरेकोमा यी प्रत्येक सहभागीलाई म प्रशंसा गर्छु । यी प्रतिष्ठित उपाधिका विजेताहरूलाई बधाई छ ।’

नेपाल चिया एशोसिएसनका अध्यक्ष कमल मैनालीकाअनुसार उक्त एक्सपोमा सहभागिता जनाउन, जान आउन, प्रवेश शुल्क, बसाई खर्चलगायत गरी ३० लाख नेपाली रुपैयाँको हाराहारीमा खर्च हुने भएकाले सामान्य चिया उद्यमीले सहभागिता जनाउन सक्दैनन् ।

‘अन्तर्राष्ट्रिय क्षेत्रमा हुने चियाको प्रदर्शनी तथा मेलामा सहभागिताको लागि सरकारले कुनै सुविधा उपलब्ध गराएको छैन,’ मैनालीले भने,‘यस्ता अन्तर्राष्ट्रिय स्तरको उत्सवमा हामी हाम्रै खर्चबाट सहभागिता जनाउनु पर्ने बाध्यता छ । यहि खर्चका कारण नेपालका अधिकाँश चिया उद्यमी बर्षेनी हुने चिया एक्सपोमा निक्कै कम सहभागिता जनाउँदै आएका छन् ।’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार ००:००  १ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping