
काठमाडौं । पोखरा विमानस्थल एक सातापछि पूर्ण रुपमा खुलेको छ । यो विमानस्थलमा विहीबार विहानैदेखि उडान सुरु भएको छ ।
प्रदूषणयुक्त वायुका कारण पछिल्लो एक सातादेखि उडान ठप्प रहेको पोखरा विमानस्थल विहीबार भने विहानैदेखि खुला भएसँगै उडान अनवतरण सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार काठमाडौंबाट पोखराका लागि दैनिक ६० वटा दुईतर्फी उडान हुँदै आएको छ ।
नेपालगन्ज, भैरहवा र भरतपुरबाट एकएक उडान हुने गरेकोले यी गन्तव्यबाट पनि दैनिक ६ वटा उडान तथा अवतरण पोखरामा हुने गरेको छ। पाोखमा उडान खुलेसँगै पर्यटकीय सेवा तथा आँन्तकि यात्रुका लागि सहज भएको छ
SHARE YOUR THOUGHTS