राष्ट्रिय वाणिज्य बैंकले पाएन सीईओ, समय बाँकी रहँदै दोस्रो पटक निकाल्यो सूचना « Eglish Khabarhub

राष्ट्रिय वाणिज्य बैंकले पाएन सीईओ, समय बाँकी रहँदै दोस्रो पटक निकाल्यो सूचना



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले रिक्त रहेको सीईओका लागि वैशाख ७ गते २१ दिने सूचना निकालेको थियो । सीईओका लागि माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय बाँकी रहँदै बैंकले पुन: सूचना निकालेको छ ।

रिक्त सीईओमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट नियुक्ति गरिने भएका कारण बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि २०८० को व्यवस्था अनुसार आवेदन माग गरेको हो ।

सीईओका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने मापदण्ड रहेको छ ।

चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र तथ्याङ्क शास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव गरेको हुनुपर्ने छ ।

सीईओका लागि आवेदन दिनेले व्यावसायिक कार्य योजना पेस गर्नुपर्ने छ । सीईओको मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।

Publish on: