![](https://internal.appharu.com/wp-content/uploads/2024/02/khola-768x370.jpg)
काठमाडौं । मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले ३८.१६ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
तनहुँको देवघाट गाउँपालिका र नवलपुरको गैंडाकोट नगरपालिकामा अवस्थित कालीगण्डकी खोलाको पानी उपयोग गर्दै आयोजना गर्न लागेको हो । यो आंशिक जलाशयमा आधारित आयोजना हो ।
आयोजनाको सम्पूर्ण संरचनाहरु देवघाट-१,४ र ५ र गैंडाकोट-३ मा निर्माण हुनेछ । विद्युत गृह कालीगण्डकी नदीको बायाँ किनारमा रहने छ ।
आयोजनाका लागि पानी फर्काउन कालीगण्डकी नदीमा १०६ मर लम्बाई र १७ मिटर उचाईको ब्यारेज निर्माण गरिनेछ । अधिकतम ४ घण्टा पिकिङ क्षमतान रहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत १० किलोमिटरको १३२ केभी प्रसारणलाइन मार्फत नेपाल विद्युत प्राधिकरको न्यू भरतपुर सबस्टेसनमा चितवनतमा राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ ।
२०८३ जेठदेखि व्यवसायिक रुपमा सञ्चालन गर्ने लक्ष्य छ ।
SHARE YOUR THOUGHTS