![](https://internal.appharu.com/wp-content/uploads/2024/05/rathi-768x371.png)
मोरङ । मोरङ उद्योग व्यापार संघको ३४औं कार्यसमितिको नयाँ कार्यसमिति चयन भएको छ । संघको अध्यक्षमा अनुपम राठी चयन भएका छन् ।
संघको विधान अनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यका लागि निर्वाचन भएकोमा वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदी चयन भए ।
वाणिज्य क्षेत्रतर्फ अनिल कुमार साह, संजय कुमार श्रेष्ठ, शुशील सुराना, विवेक अग्रवाल, मनिष कुमार मारु, अनिल सारडा, राजेश कुमार अग्रवाल र दिपेश सुवेदी पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै उद्योग क्षेत्रतर्फ देवाशीष गोल्छा, विनित सिंघानिया, अमित कुमार शारदा, अनुपम राठी, अमित राठी, आशिष जाजु, पवन राठी, विकास कुमार बेगवानी निर्विरोध निर्वाचित भए ।
संघको पहिलो बैठकबाट सम्वद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओम प्रकाश शर्मा, संघका शाखाहरु तर्फबाट कृष्ण प्रसाद रिजाल र नवनिर्वाचित अध्यक्षबाट बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो । निवर्तमान अध्यक्ष नवीन रिजाल समितिको पदेन सल्लाहकार रहने भएका छन् ।
यसवाहेक, बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरिएको हो । साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मालाई मनोनयन गरिएको छ । अध्यक्षमा अनुपम राठी निर्वाचित भएसँगै तीन पुस्तादेखि मोरङ उद्योग ब्यापार संघलाई राठी समूहले नेतृत्व गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS