![](https://internal.appharu.com/wp-content/uploads/2024/05/IMG_4538-scaled.jpg)
काठमाडौं । नबिल बैंक निष्कासन गर्न लागेको ऋणपत्रका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनका लागि नियुक्त गरेको जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रति इकाई १ हजार रूपैयाँ अंकित मूल्यमा ऋणपत्रमा आवेदन दिन सकिने छ । यसमा वार्षिक ८ प्रतिशत ब्याजदर पाइने छ । यो ८ वर्ष अवधिका लागि हो । नबिलले ३ अर्ब रूपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमा १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरले बैंकले नै बिक्री गरिने र १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि निष्काशन गरिने भएको छ । सर्वसाधरणका लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।
SHARE YOUR THOUGHTS