काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत बिक्री गर्न र प्रशारणलाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिनुपर्ने माग गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि-बजेट राउन्टेबल कार्यक्रममा अध्यक्ष कार्कीले निजी क्षेत्रलाई प्रसारणलाइन बनाउन दिनु पर्ने बताएका हुन् ।
कार्कीले ग्लोबल वार्मिङका कारण विद्युत उत्पादन कम हुने तर विभिन्न निकायमा कर बढ्ने गरेकाले समस्या भएको बताए ।
जलविद्युत क्षेत्रमा बिमाको समस्या बढ्दै गएको र यो समस्या समाधान गर्न उनले सरकारसँग माग गरे।
अध्यक्ष कार्कीले भ्याट फिर्ता गर्ने विषय धेरैवटा बजेटमा आएको भए पनि कार्यान्वयन हुन नसकेको बताए ।
SHARE YOUR THOUGHTS