![](https://internal.appharu.com/wp-content/uploads/2024/05/dev-dhakal.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकका ६ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । आगामी सोमबारदेखि लागु हुने गरी उनीहरुको जिम्मेवारी हेरफेर भएको हो ।
केन्द्रीय बैंक स्रोतका अनुसार लामो समयदेखि नियमन र सुपरीवेक्षण विभाग प्रमुख रहेका देवकुमार ढकाललाई वित्तीय व्यवस्थापन विभागमा पठाइएको छ । ढकाल ६ महिनापछि सेवा निवृत्त हुँदैछन् ।
ढकाल पछिल्लो २५ महिनादेखि सुपरीवेक्षणमा थिए । त्यसअघि उनले ३२ महिना नियमन विभागको नेतृत्व सम्हालेका थिए ।
ढकालको जिम्मेवारी रामु पौडेलसँग हेरफेर गरिएको छ । राष्ट्र बैंकभित्र नियमन र सुपरिवेक्षण विभागलाई निकै शक्तिशाली मानिन्छ ।
गभर्नर महाप्रसाद अधिकारीले मानव संशाधन विभाग प्रमुख मुकुन्दकुमार क्षेत्री र सूचना प्रविधि विभाग प्रमुख नरेश शाक्यलाई एकअर्काको ठाउँमा पठाएका छन् भने ।
यसैगरी लघुवित्त सुपरिवेक्षण विभागमा रहेका रेवतीप्रसाद नेपाललाई आन्तरिक लेखा विभाग पठाइएको छ । उनको जिम्मेवारी आन्तरिक लेखा विभागका प्रमुख बिमलराज खनालले सम्हाल्नेछन् ।
SHARE YOUR THOUGHTS