![](https://internal.appharu.com/wp-content/uploads/2024/04/yubraj-khatiwada-1.png)
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुलाई लघुवित्तबाट बाहिरिएर एसएमई कर्जा बिस्तारमा जान सुझाव दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेनस् संघ (एक्यान) ले आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले बैंकहरुलाई यस्तो सुझाव दिएका हुन् ।
खतिवडाले बैंकहरुले २ सय वटा व्यवसायीहरुलाई मात्रै कर्जा थप गर्दै लगेको आरोप लगाए । ‘२ सय उद्योगी व्यवसायीलाई कर्जा माथि कर्जा थप्दै जाने, सबै व्यवसायीमा कर्जाको पहुँच पुगेन भनि पनि रहने, यसो हुँदा कहिल्यै गन्तव्यमा पुगिँदैन,’ खतिवडाले भने ।
पूर्व अर्थमन्त्री खतिवडाले लघुवित्त संस्थाले ल्याएका सदस्यहरुलाई आफूतिर तान्न भीडभाड गरेर मात्रै सबै व्यवसायीहरुको पहुँचमा कर्जा पुग्न नसक्ने बताए भने बैंकहरुलाई आफैं परियोजना खोजेर लगानी गर्न समेत आग्रह गरे ।
SHARE YOUR THOUGHTS