![](https://internal.appharu.com/wp-content/uploads/2024/05/FactsOfNepal.jpg)
काठमाडौं । डाटा र इन्फोग्राफिक संकलनको अत्यन्त सफल शृङ्खलाको नवौं अंक ‘फ्याक्ट्स अफ नेपाल’ सार्वजनिक भएको छ।
यो संस्करणले पाठकहरूलाई ज्ञान र डाटा सम्बन्धि विभिन्न लाभहरू प्रदान गर्ने फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्सले जनाएको छ । सबै पृष्ठभूमिका व्यक्तिहरूलाई ज्ञान र डाटामा पहुँच पुर्याउँदै दैनिक जीवनमा प्रभावकारी रूपमा साक्षरताको लागि स्पष्ट र आकर्षक दृष्टिकोण प्रदान गर्ने यस पुस्तकले देशको आर्थिक, कर्पोरेट, सामाजिक, विकास र राजनीतिक लगायतका विभिन्न क्षेत्रहरुका २४ वटा विषयवस्तुहरू समावेश गरेको पनि प्रकाशकले जनाएको छ ।
यसमा समावेश गरेको इन्फोग्राफिक्स दृश्यात्मक रूपमा आकर्षक हुनुका साथै बहुमूल्य तथ्य र अन्तरदृष्टि पनि दिन्छ भन्दै फ्याक्ट्स रिसर्च एन्ड एनलाइटिक्सले रिटेल अडिट सेवाहरू, अनुकूलित अनुसन्धान, अभियान रणनीति, र ग्राहकहरूको लागि मिडिया गतिविधिमा यस संस्थाले नेपालको अनुसन्धान उद्योगमा अद्वितीय र आकर्षिक पहल गरेको पनि दाबी गरेको छ ।
पुस्तकको मूल्य ५०० रुपैया रहेको पनि प्रकाशकले जनाएको छ ।
SHARE YOUR THOUGHTS