![](https://internal.appharu.com/wp-content/uploads/2018/08/BIJULI_.jpg)
काठमाडौं । शनिबारदेखि काठमाडौंको विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै विद्युतीय वितरण लाइन भूमिगत गर्ने तथा फेर्ने कार्यका लागि सेवा अवरुद्ध गर्नुपरेको जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार शनिबारदेखि सोमबारसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
SHARE YOUR THOUGHTS