काठमाडौं । ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन)ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा साढे ६ करोड रुपैयाँ नाफा कमाएको छ । होटलले यो अवधिमा ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तो नाफा गत वर्षको सोही अवधिमा ६ करोड रुपैयाँ मात्रै थियो ।
होटलले यो अवधिमा ८३ करोड ६९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तो आम्दानीबाट चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा भएको खर्च ७० करोड ७७ लाख रुपैयाँ भएको पनि उल्लेख छ ।
यो होटलले गत वर्षको यही अवधिमा ७२ करोड ८१ लाख रुपैयाँ कुल आम्दानी गरेर ६० लाख ९१ हजार रुपैयाँ मात्रै खर्च गरेको थियो ।
होटलको चालु आवको तेस्रो त्रैमाससम्मको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा ५ रुपैयाँ ३२ पैसा मात्रै रहेको होटलले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS