९ वटा बैंकले घटाए ब्याजदर, सबैभन्दा बढी एनआईसी र एनएमबिले दिने « Eglish Khabarhub

९ वटा बैंकले घटाए ब्याजदर, सबैभन्दा बढी एनआईसी र एनएमबिले दिने



काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले प्रकाशन गरेको विवरण अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका हुन् ।

वैशाखामा बैंकहरुको ब्याजदर औषतमा ७.१४ प्रतिशत रहेको थियो । जेठमा ०.०७ प्रतिशत बिन्दुले घटेर ७.०७ प्रतिशत रहेको छ ।

जेठ महिनामा १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ७ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । तीनवटा बैंकले जेठ महिनाका लागि ब्याजदर बढाउने भएका छन् ।

ब्याजदर स्थिर राख्ने बैंकमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टयान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे बैंकले जेठमा ब्याजदर स्थिर राख्ने भएका छन् ।

ब्याजदर बढाउने बैंकमा ग्लोबल आइएमई, एनआईसी एशिया र प्रभु बैंक रहेका छन् ।

ब्याजदर घटाउने बैंकमा नबिल, प्राइम, एभरेष्ट, एनएमबि, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, नेपाल एसबिआई र सिटिजन्स बैंक रहेका छन् ।

जेठमा एनआनईसी एशिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । दुवै बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ७.८ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।

सबैभन्दा थोरै ब्याजद नेपाल एसबिआई बैंकको रहेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.३९ प्रतिशत ब्याज दिने भएको छ ।

Publish on: