प्रभु बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट « Eglish Khabarhub

प्रभु बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट



काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीले काठमाडौंको बसुन्धरास्थित चिरायु नशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा छुट पाउने भएका छन् । अस्पताल र बैंकबीच अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा अस्पतालका डाइरेक्टर सञ्जीव राजभण्डारी र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले हस्ताक्षर गरे ।

अस्पतालको छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंक डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

सम्झौता अनुसार ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले अन्तरंग तथा बहिरंग सेवामा (ओपीडी टिकट) बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Publish on: