![](https://internal.appharu.com/wp-content/uploads/2024/05/mantri-parisad.png)
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको छ ।
‘सम्माननीय राष्ट्रपतिज्यूद्वारा संघीय संसदको संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रीपरिषद्को बैठकले पारित गरेको छ,’ उनले भनिन् ।
मंगलबार अपराह्न ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया