मौद्रिक नीतिमा नीति तथा कार्यक्रमको हस्तक्षेप, लघुवित्त क्षेत्रमा पुनर्कर्जा दिने घोषणा « Eglish Khabarhub

मौद्रिक नीतिमा नीति तथा कार्यक्रमको हस्तक्षेप, लघुवित्त क्षेत्रमा पुनर्कर्जा दिने घोषणा



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गर्दै लघुवित्तबाट ऋण लिएका व्यक्तिहरुलाई पुनर्कर्जा र कर्जा पुनर्संरचना सुविधा दिने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐनले राष्ट्र बैंकलाई मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्था व्यवस्थापन गर्ने अधिकारी दिएपनि सरकारले बार्षिक नीति तथा कार्यक्रम मार्फत लघुवित्त क्षेत्रलाई विभिन्न सुविधा दिने घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरेको सरकारको नीति तथा कार्यक्रममा समस्यामा परेका लघुवित्तका ऋणीहरुलाई पुनर्कर्जा तथा कर्जा पुनर्संरचना सुविधा दिने उल्लेख छ ।

Publish on: