![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Hyundai-assembling-plant-Parasi.png)
रामग्राम । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।
गत शनिबार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Venue.png)
उक्त कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरुद्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो जसबाट हुन्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो ।
त्यसअघि उद्घाटन समारोहको पहिलो दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको थियो । लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन प्रति आफ्नो समर्पण देखाएको छ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Venue2.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Venue3.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Venue4.png)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Venue4.png)
SHARE YOUR THOUGHTS