![](https://internal.appharu.com/wp-content/uploads/2024/03/kp-oli-1-768x403.png)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आफूले सत्ताबाट हटाइदिएको लागेकाले संसदमा हिजोको घटना घटेको टिप्पणी गरेका छन् ।
संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बिहीबार संसद बैठकमा कांग्रेसले संयमता नदेखाएको बताए । आफू आफ्नै स्थानमा बसेको भए पनि कांग्रेसले संयमता नदेखाएको उनको आरोप थियो ।
‘म आफ्नो ठाउँमा बसेको थिएँ, उहाँहरुबाट संयमता भएन,’ ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, ‘सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।’
SHARE YOUR THOUGHTS