‘७१ प्रतिशतसम्म कर लाग्ने चुरोटमा ३३ प्रतिशत भनेर भ्रम छरियो’ « Eglish Khabarhub

‘७१ प्रतिशतसम्म कर लाग्ने चुरोटमा ३३ प्रतिशत भनेर भ्रम छरियो’



काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्दै आएको करका विषयमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएको छ । विगत केही दिनदेखि विभिन्न पत्रिकामा प्रकाशित ‘चुरोटमा दक्षिण एसियामै कम कर, ज्यानमारा चुरोट प्रतिसरकार किन उदार ?’ भन्ने व्यहोराको विज्ञापन प्रकाशित भइरहेको भन्दै संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘केहि समयदेखि उक्त विज्ञापन प्रकाशित गरी नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशतमात्र छ भन्ने भ्रम छर्न खोजेको देखिन्छ,’ संघद्धारा प्रकाशित विज्ञापनमा भनिएको छ ।

स्वदेशी उत्पादनबाट नै राष्ट्रिय माग पूरा गर्न सक्ने अवस्थामा रहेको चुरोट उद्योगबाट हाल नेपालमा विभिन्न किसिमका चुरोटहरु उत्पादन हुने गरेका छन् । नेपाल सरकारको कूल राजस्वमा सूर्तिजन्य उद्योगको ४ प्रतिशतभन्दा बढी योगदान रहेको बताउँदै यस्तो भ्रम नर्छन संघले आग्रह गरेको छ ।

‘नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिबृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरु संकलन गरिन्छ । विभिन्न कम्पनिका विभिन्न ब्राण्डका चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको कुरा प्रष्ट छ,’ विज्ञप्तीमा उल्लेख छ ।

चुरोटमा करको भार ३३ प्रतिशतमात्र छ भन्ने जस्ता तथ्यहिन एवं भ्रामक सूचनाबाट नीति निर्माणलाई प्रभावित पार्न खोज्नु यी उद्योगहरुले पुर्याएको योगदानलाई नजरन्दाज गर्नु मात्र नभै स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैरकानुनी वस्तुहरुलाई प्रोत्साहन गर्नु, निहित स्वार्थका लागि राज्यलाई गुम्राहमा पार्न खोजिएको संघको दाबी छ ।

विभिन्न कारणले नेपालमा चुरोटको बजार अवस्था ह्रासउन्मूख रहेको, गैरकानुनी चुरोट र सुर्तिजन्य पदार्थको व्यापार बढिरहेको अवस्था तथा वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रमपूर्णरुपमा करको दरको अवस्था बारे विभिन्न पत्र पत्रिका मार्फत विज्ञापन संप्रेषण गर्नु असोभनिय भएको संघले जनाएको छ ।

‘यस्तो अपुष्ट समाचार प्रकाशित गरि जनमानसलाई दिग्भ्रमित पार्ने कार्य कहि कतै बाट नगरि दिनु हुन यस संघ सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ । सरकारले मिथ्यांकका आधारमा नभएर वास्तविक तथ्यांककै आधारमा नीति निर्माण गर्ने र यस्ता मिथ्यांकबाट प्रभावित नहुने कुरामा हामी विस्वस्त छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालमा विभिन्न कम्पनीका प्रतिनिधिमुलक ब्राण्डका चुरोटहरूमा ५० प्रतिशतभन्दा धेरै हिस्सा यी ब्राण्डहरुको छ कुल उपभोक्ता मूल्यमा लाग्ने करको प्रतिशत निम्न बमोजिम रहेको छ ।

Publish on: