![](https://internal.appharu.com/wp-content/uploads/2023/11/everest-hotel-768x511.jpg)
काठमाडौं । नवीकरण फेल भएको दि एभरेष्ट होटलले वार्षिक १० हजार पहुनालाई सेवा दिएको छ । काठमाडौंको बानेश्वरमा रहेको यो होटलले सन् २०२३ मा ९ हजार ९ सय ७३ जना पाहुनलाई सेवा दिएको छ । यो होटलले दिएको यस्तो पाहुनामध्ये २० प्रतिशत नेपाली छन् ।
होटलमा सन् २०२३ मा भित्रिएका पाहुनामध्ये ४१ प्रतिशत भारतीय र ३९ प्रतिशत अन्य विदेशी मुलुकका पर्यटक रहेको पनि होटलले जानकारी दिएको छ । होटलले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर सरकारी निकायमा पेश गरेको छ ।
एभरेष्ट होटलमा सन् २०२२ मा ५ हजार ८९६ जना पाहुना आएका थिए ।
होटलमा उक्त वर्ष आएका पर्यटकमध्ये २९ प्रतिशत नेपाली थिए भने ४४ प्रतिशत भारतीय र अरु २७ प्रतिशत अरु मुलुकका पर्यटक रहेको पनि होटलले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस नगरेको र होटलले आवश्यक शर्त पूरा गरेर आवदेन नदिएका कारण दि एभरेष्ट होटलको तारा वर्गीकरणसमेत अहिले निलम्बनमा छ ।
होटलको तारा वर्गीकरण निलम्बनमा भएका कारण पाँचतारे होटलको स्तर वर्गीकरण फेल भएको छ । होटल ४ वर्षदेखि सञ्चालनमा रहेको होटलले अध्यावधिक विवरण नबुझाएका कारण सरकार सरकारी निकायमा भने यो होटल बन्द छ ।
SHARE YOUR THOUGHTS