जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न « Eglish Khabarhub

जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न



काठमाडौं । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न गरेको छ ।

जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने उद्देश्यले राईड गरेको कम्पनीले जनाएको छ ।
बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो । ९० भन्दा धेरै देशहरुमा लन्च भएको यो गाडी ३० हनार भन्दा धेरै युनिट बिक्रि भईसकेको कम्पनीको दाबी छ ।

राईडमा १० वोटा गाडीले सहभागीता जनाएको थियो । राइडमा कालिकोट क्षेत्रस्थित श्री सरस्वोती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण गरेको छ । १३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा सहयोग गरेको हो ।

Publish on: