![](https://internal.appharu.com/wp-content/uploads/2024/02/coffee-and-chiya.png)
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ११ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको नेपालमा उत्पादन भएको चिया तथा कफी निर्यात भएको छ ।
नेपालबाट तुलनात्मक रुपमा लाभको सूचीमा चिया तथा कफी सूचीकृत छ । यसपछि ९ अर्ब ५४ करोड ४४ लाख रुपैयाँ बराबरको कार्पेट तथा भुईँमा ओछ्याइने टेक्सटाइल फ्लोर कार्पेट विभिन्न मुलुकमा निर्यात भएको छ ।
सोही अवधिमा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको नाइलन फाइवर निर्यात भएको छ । यसपछि निर्यात हुने वस्तुमा पशु र वनस्पतिजन्य बोसो छ । ७ अर्ब ४४ करोड ५१ लाख रुपैयाँ बराबरको पशु र वनस्पतिजन्य बोसो निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS