पक्राउ पुर्जी जारी भएपछि सिरोहियाले भने-राज्यशक्तिको दुरुपयोग गरी प्रतिशोध राखियो « Eglish Khabarhub

पक्राउ पुर्जी जारी भएपछि सिरोहियाले भने-राज्यशक्तिको दुरुपयोग गरी प्रतिशोध राखियो



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि पक्राउ जारी भएपछि कानुन अनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । यस्तै राज्यशक्तिको दुरुपयोग गरेर आफूमाथि प्रतिशोध राखिएको उनको भनाइ छ ।

तर आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुपविरुद्ध विभिन्न समयमा पटक पटक षड्यन्त्र गरिएको भन्दै कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको बताएका छन् । मंगलबार प्रहरीले सिरोहियामाथि पक्राउ पुर्जी जारी गरेपछि विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।

मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले पनि सिरोहियामाथि पक्राउ पुर्जी जारी गरिएको विषयमा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् ।

‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून् दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?’ सिरोहियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिरोहियामाथि पक्राउ पुर्जी जारी भएपछि सिरोहियालाई भेट्नका लागि नेपाली कांग्रेसका सांसदहरु थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेका छन् ।

Publish on: