काठमाडौं । बैंकरहरुले बजेटमार्फत् आर्थिक सिथिलता अन्त्य गर्नुपर्ने सुझाव अर्थमन्त्रीलाई दिएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने पूर्वसन्ध्यामा अर्थमन्त्री वर्षमान पुन सक्षम बैंकरहरुले अनुकुल व्यावसायिक वातावरण निर्माण गर्न अनुरोध गरेका हुन् ।
आर्थिक गतिविधि सुस्त हुँदा अर्थतन्त्र प्रभावित भएको तथा व्यवसाय गर्नेको मनोवल सबल नहुँदा अर्थतन्त्रसँगै बैंकलाई पनि असर पारेको निष्कर्ष निकाल्दै नेपाल बैंकर्स संघले अर्थमन्त्रीलाई सुझाव दिएको हो ।
‘बिजनेस क्षेत्र राम्रो भएपछि बैंकलाई पनि राम्रै हुन्छ । विशेष गरी सरकारको वक्यौता दायित्व छ, त्यो फरफारक गरिदिए अर्थतन्त्र चलायमान हुने मौका मिल्ने थियो भन्ने आशयसहित अर्थमन्त्रीसामु अनुरोध गरेका छौं,’ संघका अध्यक्ष सुनिल केसीले भने ।
उनकाअनुसार लामो समयदेखि निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन् । यी र यस्तै कारणले निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन । निजी क्षेत्रले सरकारलाई जहिल्यै सघाइरहेको भन्दै बैंकरहरु पनि साथ दिन तयार रहेको जानकारी अर्थमन्त्रीलाई गराएको उनले जिकिर गरे ।
यसबाहेक करमा रहेको केही दोहोरोपन तथा असामान्जस्यताबारे पनि अर्थमन्त्रीसँग बैंकरको गुनासो छ । बैंकरहरुले यसपल्ट पनि उच्च कर्पोरेट ट्याक्सबारे कुरा गरेका छन् । हाल बैंकहरुले सरकारलाई ३० प्रतिशत कर्पोरेट आयकर तिर्दै आएका छन् । उनीहरुको माग अरु व्यवसायलाई झैं २५ प्रतिशत कायम गरिनुपर्छ भन्ने छ । यस्तै सामाजिक सुरक्षा
‘करहरुका कुरा साबिककै रहे, सबैभन्दा मुख्य कुरा व्यवसायिक वातावरण कन्ड्युसिभ (अनुकल) बनाइदिन आग्रह गरेका छौं,’ केसीले भने ।
केसी नेतृत्वको बैंकर्स संघको टोली केहीदिन अघि अर्थमन्त्री भेट्न पुगेको थियो । सो क्रममा सामाजिक सुरक्षामा दोहोरो कर हटाउनुपर्ने, ब्याज प्राप्त भएपछि मात्र आम्दानी मानेर आयकर तिर्नुपर्ने जस्ता माग गरेका छन् ।
SHARE YOUR THOUGHTS