महालेखाले भन्यो: डेडिकेटेड ट्रंक लाइनको सबै बक्यौता समन्वय गरेर उठाउनू « Eglish Khabarhub

महालेखाले भन्यो: डेडिकेटेड ट्रंक लाइनको सबै बक्यौता समन्वय गरेर उठाउनू



काठमाडौं । महालेखा परीक्षकको कार्यालयले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउनुपर्ने बताएको छ ।
६१ औं वार्षिक प्रतिवेदनमा बक्यौता असुल गर्नुपर्ने उल्लेख गरेको हो ।

महालेखाका अनुसार ६२ ग्राहकको २१ अर्ब ८८ करोड बक्यौता छ । सो रकम कुल बक्यौताको ४९.३६ प्रतिशत हो । साथै सडक बत्तीको बक्यौता ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । काठमाडौं महानगरको मात्रै १ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

ट्रंक र डेडिकेटेडलाइनमा उद्योगी र प्राधिकरणकाबीचमा विवाद छ ।

Publish on: